काठमण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेको निलम्बन फुकुवा गर्न माग गरेको छ।
शुक्रबारको संसद् बैठकको शून्य समयमा बोल्दै सांसद डोलप्रसाद अर्यालले यस्तो बताएका हुन्। चौथो ठूलो दलको सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साँध्यो, संसद्ले पनि सरकारको त्यो रवैयालाई समर्थन जनायो।
नेता अर्यालले सरकारले आफूहरूमाथि पार्टी सभापति रवि लामिछानेमाथि सरकारले मात्र नभएर संसदले पनि प्रतिशोध साँधिरहेको आरोप लगाएका थिए।
यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै चुकाउनैपर्नेछ। झुटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन्,’ उनले भने।
यस्तै रास्वपा सांसद विनिता कठायतले सहकारीका बचतकर्ताको रकम फिर्ता हुने भए रविलाई ७७ वटै जिल्ला घुमाउन समेत प्रस्ताव गरेकी छन्।