Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सान्त्वना जीतको खोजीमा नेपाल, अन्तिम खेलमा थाइल्याण्डसँग भिड्दै

- shuvadmin / शुक्रबार, माघ २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, त्रिकोणात्मक महिला टी–२० आई सिरिजमा नेपालले आज अन्तिम तथा छैटौँ खेलमा थाइल्याण्डको सामना गर्दैछ ।

यी दुई टिमबीचको प्रतिस्पर्धा शुक्रबार मध्यान्ह सवा १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।

पाँच म्याचमा लगातार हार बेहोरिसकेको नेपाल अब सान्त्वना जीतको खोजीमा छ । जारी श्रृंखलामा नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनको हार बेहोरेको थियो ।

यस्तै, नेपालले दोस्रो म्याचमा थाइल्याण्डविरुद्ध ४ विकेट, तेस्रो खेलमा नेदरल्याण्ड्ससँग १५ रन तथा चौथो म्याचमा थाइल्याण्डविरुद्ध ५ रनको पराजय बेहोर्‍यो ।

यस्तै, सिरिजअन्तर्गत पाचौँ खेलमा नेपालले नेदरल्याण्ड्ससँग १० विकेटको फराकिलो हारको सामना गर्‍यो ।

यस खेलमा नेपालले ब्याटिङ राम्रो गरे पनि लज्जास्पद हार बेहोरेको हो । टस जितेर ब्याटिङ रोजेको नेपालले ४ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

बलिङ र फिल्डिङमा भने नेपालको प्रदर्शन कमजोर रह्यो । सोही कारण नेपालले घरमै १० विकेटको हार बेहोरेको हो ।

बलिङ र फिल्डिङ बिर्सनलायक रहे पनि ब्याटिङमा यू–१९ टिमकी कप्तान पूजा महतोले कीर्तिमानी अर्धशतकीय पारी खेलिन् ।

उनले नेदरल्याण्डसविरुद्ध ५१ बलमा पाँच चौकासहित अविजित ६२ रनको पारी खेलेकी हुन् ।

योसँगै पूजा नेदरल्याण्ड्सविरुद्ध अर्धशतकीय इनिङ खेल्ने पहिलो नेपाली महिला क्रिकेटर बनिन् ।

साथै, उनी जारी श्रृंखलामा सर्वाधिक रन बनाउने नेपाली ब्याटरको सूचीमा शीर्ष स्थानमा पनि उक्लिइन् ।

पूजाले यस सिरिजमा ५ म्याच खेल्दा १ सय २८ रन बनाएकी छन् । आफूले ठीकठाक प्रदर्शन गर्दा पनि घरेलु मैदानमै नेपालले जितको खाता खोल्न नसकेपछि उनी दुःखी छिन् ।

सिरिज जित्ने दौडबाट बाहिरिने पनि नेपालसामु इतिहास रच्ने मौका भने अझै कायम छ ।

यदि शुक्रबार जीत निकालेमा नेपालले पहिलोपटक थाइल्याण्डलाई हराउँदै इतिहास रच्नेछ ।

हालसम्म नेपाली महिला टिमले थाइल्याण्डसँग ५ टी–२० आई म्याच खेलेको छ । तर, नेपाल ती पाँचवटै खेलमा पराजित भएको विगत छ ।

थाइल्याण्डविरुद्ध नेपालको प्लेइङ–११ : सीता राना मगर, सम्झना खड्का, इन्दू बर्मा (कप्तान), रुबिना क्षेत्री, पूजा महतो, रुबीना क्षेत्री, रोमा थापा, विन्दू रावल, कविता जोशी, ईश्वरी विष्ट र मनीषा उपाध्याय ।

Page Views: 24
संबन्धित शिर्षकहरु
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
नेपाल महिला टी-२० विश्‍वकप छनोटमा समूह चरणबाटै बाहिरियो
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama