Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

क्यालिफोर्नियाको आगलागीमा ५ जनाको मृत्यु, हजारौँको भागाभाग

- shuvadmin / बिहिबार, पुष २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलस क्षेत्रमा आगलागीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ।

मंगलबार तीव्र हावाका कारण फैलिएको अनियन्त्रित आगलागी निभाउने यहाँको सरकारले प्रयास गरिरहेको जनाएको छ।

कतिपय स्थानमा हावाको गति ९७ किलोमिटर प्रतिघण्टा पुगेको हुँदा आगो तीव्र गतिमा फैलिएको छ।

आगलागीमा परेर कैयौँ घाइते भएका समाचारहरू बाहिरिएका छन्। आगलागीबाट एक हजारभन्दा बढी घर जलेर नष्ट भएका छन्।

हलिउड कलाकारहरूका घरहरू जलेर खरानी भएका छन्। हजारौं मानिस सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएका छन्।

आगलागीका कारण मानिसहरू हतारमा सवारीसाधन छाडेर हिँड्दा सडक पनि जाम भएका छन्।

लस एन्जलस काउन्टीमा बुधबार लगभग १ लाख ८८ हजार घरहरू बिजुलीविहीन भएका छन्। हावाको गति पनि बढेर १२९ किलोमिटर प्रतिघण्टा पुगेको छ।

लस एन्जलस फायर चिफ क्रिस्टन क्राउलीले भने, ‘हामी अझै खतराबाट मुक्त छैनौं। हजारौं दमकल आगो नियन्त्रणमा जुटेका छन्।’

लस एन्जलसको उत्तरपूर्वी प्रकृति संरक्षण क्षेत्र नजिक मंगलबार साँझ लागेको आगो द्रुत रूपमा २ हजार एकडभन्दा बढीमा फैलिएको छ।

Page Views: 21
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama