Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

संघीय राजधानी काठमाण्डूमा हालसम्मकै धेरै २३९.७ मिलिमिटर वर्षा

- shuvadmin / आइतबार, असोज १३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, बिहीवार रातिदेखि परेको अविरल घनघोर वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ ।

सङ्घीय राजधानी काठमाडौँसहित देशका अधिकांश भागको जनजीवन अस्तव्यस्त भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र बाढीपहिरो र डुबानमा परी सय जनाको मृत्यु भएको छ भने ७२ जना बेपत्ता छन् ।

देशका विभिन्न भागबाट दुई हजार ८६० जनाको उद्धार गरिएको छ । सबैभन्दा बढी जनधनको क्षति काठमाडौँ उपत्यकामा भएको छ ।

यहाँ ३४ जनाको मृत्यु र २१ जना बेपत्ता भएको जानकारी उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख किरण वज्राचार्यले दिइन् । बाढी र डुबानमा फसेका एक हजार ४५७ जनाको उद्धार गरिएको छ ।

त्रिभुवन राजमार्ग अन्तर्गत चन्द्रागिरि नगरपालिका–२ र धादिङको सिमानामा पर्ने नौबिसे सडकखण्डको झ्याप्ले खोलामा गएको पहिरोमा तीन वटा बसका १४ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र थापाका अनुसार आठ पुरुष, पाँच जना महिला र एक बालक रहेका छन् ।

पहिरोमा एउटा हायस र अर्को भारतीय नम्बरको मालबाहक ट्रकलाई पनि पुरिएको अवस्थामा फेला पारिएको छ ।

यसै गरी सबैभन्दा बढी वर्षा मापन भएको काभ्रेपलाञ्चोकमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार बालबालिकासहित १० जनाको सनाखत हुन बाँकी छ ।

मकवानपुरमा सात जनाको मृत्यु भएको छ । बागमती–३ स्थित सुक्खा सल्यनीमा पहिरोले भत्किएको घरले थिचिएर फूलमाया थिङको मृत्यु भएको छ ।

मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–३, टेकरस्थित वत्सला माविस्थित एन्फा एकेडेमीमा फुटबल प्रशिक्षणमा रहेका छ जना विद्यार्थीको पहिरोमा परी मृत्यु भएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालका अनुसार छ जनाको शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिने भएको छ ।

एन्फाका अनुसार दिवस बानियाँ, प्रियान्स आचार्य, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी र आदिप्य बालमपाकी बेपत्ता भएका थिए ।

दोलखाको भीमेश्वर–६ मा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । चरीकोटस्थित सिमपानीमा गएको पहिरोले राजकुमार भुजेलको घर पुर्दा राजकुमार भुजेल उनकी श्रीमती राधिका भुजेल र १५ वर्षीय छोरा सुजन भुजेलको मृत्यु भएको हो ।

कोशी प्रदेशमा दस जनाको मृत्यु भएको छ भने थप नौ जना बेपत्ता छन् । पाँचथरमा मात्र पाँच जनाको मृत्यु र पाँच जना बेपत्ता छन् ।

धनकुटामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । यस्तै धादिङमा एक र सिन्धुपाल्चोकमा चार जनाको मृत्यु र पाँच जना बेपत्ता छन् ।

सोलुखुम्बुमा दुईको मृत्यु भएको छ, सुनसरीमा एक जनाको मृत्यु र नौ जना बेपत्ता छन् । चितवनमा तीन जना र रुपन्देहीमा दुई जना बेपत्ता छन् ।

हालसम्मकै भीषण वर्षा

राजधानीमा हालसम्मकै भीषण वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा हालसम्मकै बढी (२३९.७ मिलिमिटर) वर्षा मापन भएको छ । यसअघि विसं २०५९ साउनमा १७७ मिलिमिटर वर्षा मापन भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभरमा सबैभन्दा बढी काभ्रेपलाञ्चोकको खोपासी र पनौतीमा २८१.८ मिलिमिटर वर्षा मापन भएको झाले जानकारी दिए ।

यसै गरी बागमती प्रदेशपछि सबैभन्दा बढी लुम्बिनी प्रदेशको पाल्पाको अर्चलेमा २४४.२ मिलिमिटर वर्षा मापन भएको छ ।

त्यसै गरी गण्डकी प्रदेशको तनहुँ विमलनगरमा २१०.२, कोशी प्रदेशको धनकुटामा २०९, मधेश प्रदेशको बारा कोल्बीमा २०२, कर्णालीको सुर्खेतमा ४९.५ र कैलालीमा ४२ मिलिमिटर वर्षा मापन भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार बाढीपहिरोबाट काठमाडौँमा ११ जना, ललितपुरमा १६ जना र भक्तपुरमा पाँच जना गरी जम्मा ३२ जनाको मृत्यु छ ।

त्यसै गरी काठमाडौँमा १० जना, ललितपुरमा पाँच जना र भक्तपुरमा दुई जना गरी १७ जना घाइते छन् । बाढीमा परी काठमाडौँमा एक जना र ललितपुरमा ११ जना बेपत्ता छन् ।

बाढीमा फसेकाको उद्धारका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक वज्राचार्यले जानकारी दिइन् ।

निरन्तरको वर्षाका कारण प्राकृतिक विपत्बाट प्रभावित काठमाडौँ उपत्यकासहित देशभर सरकारले खोज तथा उद्धारलाई तदारुकता दिँदै नेपाली सेनाको हेलिकोप्टरसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Page Views: 19
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama