Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तीज लक्षित कार्यक्रम : अमेरिकाको बोस्टनवासीलाई नचाए रचना, शान्तिश्री, करिष्मा र ज्योतिले

- shuvadmin / आइतबार, साउन २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, गायिका रचना रिमाल र शान्तिश्री परियारले अमेरिकाको बोस्टनका दर्शकलाई आफ्नो धुनमा नचाएका छन् ।

तीज लक्षित कार्यक्रमको सुरुवात अमेरिकाको बोस्टनबाट शनिबार नेपालको राष्ट्रिय गानसँगै गरिएको थियो ।

यसपछि मञ्चमा देखा परेका करिष्मा, रचना, शान्तिश्री र ज्योति मगरले बोस्टनका पाँचसय बढी दर्शकलाई तीन घन्टा भरपुर मनोरञ्जन दिएका थिए ।

प्रस्तुतिको सुरुवात करिष्माले ‘हिजो राति सपनीमा’ बोलको नृत्यबाट गरेकी थिइन् ।

करिष्माले तताएको माहोललाई थप जोशिलो बनाउँदै गायिका रचना रिमालले आफ्ना हिट नम्बरहरु प्रस्तुत गरेकी थिइन् ।

उनले परदेशीलाई भावुक बनाउने ‘नमुछे आमा दहीमा टीका’बाट गाउन सुरु गरे पनि प्रस्तुतिको अन्त्यतिर ‘सम्झिने पानी छम्किने’ ‘मिनरल वाटर’ आदि गाएर दर्शक नचाएकी थिइन् ।

रचना रिमालपछि शान्ति श्री परियारले ‘गलबन्दी च्यातियो’‘अरेली काँडैले’ ‘लाहुर जाने रेलैमा’ लगायतका दर्जन हाराहारी चर्चित गीत प्रस्तुत गरेकी थिइन् ।

तर ‘बोल माया’ ‘लौन दाजै’ गीतबाट आफ्नो गायकी सुरु गरेकी उनले हलमा उपस्थित दर्शकलाई सुरुमै भावुक बनाएकी थिइन् ।

कार्यक्रमको बिट मार्ने गरी मञ्चमा आएकी ज्योति मगरले पनि आफ्नो पहिचान अनुरुप दर्शकलाई गीत र नृत्यको धुनमा डुबाएकी थिइन् ।

उनले पनि आफ्ना चर्चित गीत ‘ढाडे बिरालो’ ‘उही मुलाको सिन्की’ पस्किएकी थिइन् ।

आयोजक विनोद अधिकारीले परदेशमा घरदेश जोड्ने अभिप्रायले कार्यक्रम गरेको बताउँदै पहिलो कार्यक्रम अन्त्यन्त सफल रहेको प्रतिक्रिया दिए ।

देशका चर्चित स्टयान्ड कमेडियनलाई लिएर गरिएको अमेरिका यात्रा ‘अब नाच्छ अमेरिका’ सफलतापछि हामीले ‘अब नाच्छ अमेरिका’ को तयारी गरेका थियौँ ।

जसको सुरुवात बोस्टनबाट भव्यताका साथ सुरु भएको छ,’आयोजक विनोदले भने, ‘यो चाडबाडको समयमा दर्शकको तीन घन्टाको अमूल्य समय सार्थक पारौँ भन्ने हाम्रो प्रयास हो जुन पहिलो कार्यक्रमले नै पूरा गरेको छ ।’

आयोजकका विनोदका अनुसार गायिका तथा मोडलको टोलीले न्यूूयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया आदि ठाउँमा कार्यक्रम गर्नेछ ।

अमेरिकाका कुल २१ सहरमा कार्यक्रमको टुंगो लागिसकेको उनले जानकारी दिएका छन् । करिब दुई महिना चल्ने कार्यक्रम सकेर टोली सेप्टेम्बर ३० मा नेपाल फर्कनेछ ।

अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपाले आयोजना गरेको कार्यक्रममा मोडलहरु करिष्मा ढकाल र गायिक ज्योति मगरले पनि दर्शकलाई धीत मर्नेगरी नचाएको आयोजकले जनाएको छ ।

‘अब हाँस्छ अमेरिका’को सफलतापछि आयोजक फ्लाइ नेपाल अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गरेको हो ।

Page Views: 16
संबन्धित शिर्षकहरु
भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama