Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अमेरिकासँग वार्ता नहुने इरानको स्पष्ट सन्देश, अली लारिजानीको कडा टिप्पणी

- shuvadmin / मङ्गलबार, फागुन १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

तेहरान । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानी ले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नगर्ने स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जाल X मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै इरान अमेरिकासँग संवादको पक्षमा नरहेको बताएका हुन्। हालै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा इरानले मध्यस्थकर्तामार्फत अमेरिकासँग पुनः वार्ता अघि बढाउन खोजेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला लारिजानीले ती दाबीलाई अस्वीकार गरेका छन्। “इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन,” उनले आफ्नो पोस्टमा उल्लेख गरेका छन्। लारिजानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि कडा आलोचना गर्दै मध्यपूर्व क्षेत्रको अस्थिरताका लागि उनको नीतिलाई जिम्मेवार ठहर गरेका छन्। उनका अनुसार ट्रम्पले “झूटा आशा देखाएर मध्यपूर्वलाई अराजकतामा धकेलेका” छन् र अहिले अमेरिकी सैनिकहरूको थप क्षतिबारे चिन्तित बनेका छन्। उनले ट्रम्प प्रशासनको ‘अमेरिका फर्स्ट’ नारामाथि प्रश्न उठाउँदै त्यो व्यवहारमा ‘इजरायल फर्स्ट’ मा रूपान्तरण भएको आरोप लगाए। इजरायल को हितका लागि अमेरिकी सैनिकहरूलाई बलि चढाइएको समेत उनको दाबी छ।दिवङ्गत सर्वोच्च नेता आयतुल्ला अली खामेनी का प्रमुख सल्लाहकारसमेत रहिसकेका लारिजानीले हालको तनावपूर्ण अवस्थाबारे प्रतिक्रिया दिँदै इरानले आक्रमण सुरु नगरेको दाबी गरे। “हामीले आक्रमणको सुरुवात गरेका होइनौँ,” उनले स्पष्ट पारे।

Page Views: 34
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama