Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्दै

- shuvadmin / शुक्रबार, मङि्सर २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुरधाम, मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्ने समयसीमा आज ५ बजेसम्म रहेको छ । समय नजिकिदै गएपछि दलहरुले गठबन्धन बनाएर सरकारमा दाबि पेश गर्न छलफल तिब्र पारेका छन् ।

विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएपची मुख्यमन्त्री सुरेन्द्र लाभ कर्णले शुक्रबार ५ बजेसम्मको समय दिएर सरकारमा दाबि पेश गर्न आव्हान गरेका थिए ।

मधेश प्रदेश प्रमुख लाभले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुखको आह्वानलगत्तै मधेश प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेससहित सात दल गृहकार्यमा जुटेका हुन् । सात दलभित्र ठूलो दलको हैसियतले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी रहेको छ ।

कांग्रेसले मुख्यमन्त्रीका लागि संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवलाई अगाडि सारेको छ ।

त्यसैगरी लोसपाले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । लोसपाका सांसद उपेन्द्र महतोले लोसपाका सांसद जितेन्द्र सोनलको नेतृत्वमा यसअघि बनेको सरकार थोरै समयसम्म रहेकाले फेरि सोनलकै नेतृत्वमा सरकार बन्नुपर्ने लोसपाको अडान रहेको छ ।

विहिबार रातिसम्म भएको छलफलमा मुख्यमन्त्रीको नाममा सहमति भएको दाबि गरिएको छ तर नाम भने गोप्य राखिएको छ । कांग्रेसका नेता यादवलाई मुख्यमन्त्री बनाउन लोसपा बाहेकाका अन्य ६ दल सहमत भएको बताइएको छ ।

मधेशमा एमाले, संघीय समाजवादी र राप्रपा बाहेकका सात दल गठबन्धन बनाएर सरकार बनाउने तयारीमा रहेका छन् ।

मधेश प्रदेशमा एमाले २४, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, लोसपा र माओवादी केन्द्रको ९/९, एकीकृत समाजवादीको ७ तथा संघीय समाजवादी, नाउपा र राप्रपाको एक एक सिट रहेको छ ।

मधेशमा राजनीति अस्थिर हुदा तीन वर्षमा पाँचौं मुख्यमन्त्री पाउने भएको छ । २०७९ सालको निर्वाचनपछिका ३६ महिनामा मधेश प्रदेश सरकारबाट चार मुख्यमन्त्री बनिसकेका छन् ।

Page Views: 19
संबन्धित शिर्षकहरु
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
ताजा अपडेट
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,
  • सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । भोलि बस्नेगरी पार्टीको बैठक आह्वान भएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
  • उपभोक्ता समिति हटाउने प्रस्तावले साना विकास योजनामाथि खतरा: स्थानीय सहभागिता र रोजगारीमा असर पर्ने चिन्ता
  • २०८२ अन्तिम दिन घट्यो सेयर बजार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama