Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेसमा संकट गहिरिँदै, नेता महेश आचार्यको सभापतिलाई खुला पत्र

- shuvadmin / आइतबार, मङि्सर १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका विद्वत नेता महेश आचार्यले पार्टी सभापतिलाई सम्बोधन गर्दै एउटा गम्भीर र अर्थपूर्ण सार्वजनिक अनुरोध (खुला पत्र) गरेका छन्।

आफ्नो सामाजिक सञ्जालमार्फत आचार्यले वर्तमान राष्ट्रिय राजनीतिको गम्भीर संकटका बेला पार्टीभित्र देखिएको निर्णयहिनता र प्रत्युत्पादक अलमलप्रति तीव्र असन्तुष्टि र चिन्ता व्यक्त गरेका छन्।

झन्डै पाँच दशक लामो मित्रवत् सम्बन्धको स्मरण गर्दै आचार्यले सभापतिलाई सिधा प्रश्न गरेका छन्स् “पार्टीभित्र आखिर यो प्रत्युत्पादक अलमल किन ?” उनले सभापतिको वर्तमान कार्यकाल केही सातामै सकिन लागेको र विधानले पुनः सभापति बन्न नदिने उल्लेख गर्दै उनको आगामी राजनीतिक महत्त्वाकांक्षाबारे सोधेका छन्।

आचार्यले पुनः प्रधानमन्त्री बन्ने चाहनाबारे प्रश्न गर्दै, त्यसका लागि केपी शर्मा ओली (जो आफ्नै पार्टीभित्र विवादको भुमरीमा छन् ।

अनुसन्धानको घेरामा छन्) वा गठबन्धन फेर्ने कलाबाजीमा अद्वितीय रहेका पुष्पकमल दाहाल कसको सहयोग लिने हो भनेर सोधेका छन्।

आचार्यले सभापतिलाई उत्तराधिकारी स्थापित गर्ने गलत रणनीतिको चक्रव्यूहमा नफस्न आग्रह गर्दै, यस्तो सोचलाई देश, समय र कांग्रेस राजनीतिले स्वीकार नगर्ने स्पष्ट पारेका छन्।

उनले अब सभापतिको कुनै निजी स्वार्थ बाँकी नरहेको भन्दै देशको प्रगति र एकता अनि पार्टीको गौरवशाली इतिहासको रक्षा नै उनको ध्येय बन्नुपर्नेमा जोड दिएका छन्।

सत्ता राजनीतिबाट विश्राम र महाधिवेशनको माग

नेता आचार्यले कांग्रेसलाई वर्तमान विषम परिस्थितिबाट मुक्त गर्नका लागि सभापतिले सत्ता राजनीतिबाट तत्काल विश्राम लिएर चुनाव अघिनै महाधिवेशन गराउने स्पष्ट अभिभावकीय मार्ग निर्देशन गर्न जरुरी रहेको उनले औँल्याएका छन्।

कांग्रेसभित्र सभापतिको जत्रो अग्लो कद अरु कसैको नभएकाले कांग्रेसको संकटमोचन गर्न समयले उनकै त्याग र उदारता खोजेको उनको भनाइ छ।

आचार्यले महाभारतको दृष्टान्त दिँदै भीष्म र द्रोणाचार्यले गरेको ‘नयाँ युग र नायकलाई रोक्ने गंभीर गल्ति’को स्मरण गराएका छन्।

उनले अहिले देशमा युगले कोल्टे फेर्दै गरेको र नयाँ युग चेतना र नायक जन्मँदै गरेकोले तिनीहरूको पदचाप सुन्न जरुरी रहेको बताएका छन्।

आचार्यले ऐतिहासिक सन्दर्भ कोट्याउँदै सुवर्ण शमशेरको सभापतित्वको कार्यकालको असाधारण सुझबुझको प्रशंसा गरेका छन्।

२०१४ सालमा राष्ट्रिय राजनीतिको गतिरोध चिर्न र २०१५ सालको आम निर्वाचन सम्भव गराउनका लागि सुवर्णशमशेरले सभापति पदबाट राजीनामा गरी बीपीलाई विशेष अधिवेशनबाट सभापति निर्वाचित गर्ने ढोका खोलिदिएको घटनालाई उनले स्मरण गराएका छन्।

आचार्यले नयाँ पुस्ताको आन्दोलनले उठाएका मुद्दालाई सम्बोधन गर्न र युगीन चेतना तथा आकाङ्क्षा पूरा गर्न कांग्रेसलाई नयाँ नेतृत्व, कार्यशैली र व्यापक नीतिगत सुधार आवश्यक भएको बताएका छन्।

यसका लागि सभापतिको निर्णायक अग्रसरता नै उनको राजनैतिक जीवनको महत्वपूर्ण उपलब्धि हुने विश्वास आचार्यले व्यक्त गरेका छन्।

Page Views: 30
संबन्धित शिर्षकहरु
चट्याङ लागेर एक युवकको मृत्यु
काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama