Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ओली र भण्डारीको गृहप्रदेशमा प्रतिनिधि छनोटको रस्साकस्सी, सोलूबाहेक कतै जुटेन सहमति

- shuvadmin / शुक्रबार, मङि्सर १३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विराटनगर, नेकपा (एमाले)को ‘लालकिल्ला’ मानिने कोशी प्रदेशमा आसन्न ११औँ महाधिवेशनको माहोल तातिएको छ ।

पार्टी अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको गृहप्रदेशमा प्रतिनिधि छनोटमै रस्साकस्सी देखिएको हो ।

यही मंसीरअसोज १२ गते (शनिबार) हुने प्रतिनिधि छनोटका लागि प्रदेशका १३ जिल्लामा आन्तरिक रस्साकस्सी चलिरहेको छ ।

प्रदेशका १४ जिल्लामध्ये सोलुखुम्बूले भने प्रतिनिधि छनोटमा सर्वसम्मतिको सन्देश दिएको छ ।

लामो रस्साकस्सीपछि हिमाली जिल्ला सोलुखुम्बूमा भने सहमतिमै प्रतिनिधि छनोट गरिएको छ ।

सोलुखुम्बूबाट बुद्धिकुमार राजभण्डारी, डुफकुमार बास्तोल, डीबी रानापाल, कल्पना राई, मोहन कुमारी कार्की र जगनाथ बास्तोला प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

सोलुबाहेक अन्य १३ जिल्लामा सर्वसम्मतिको प्रयास विफलप्रायस् भएको छ । अधिकांश स्थानमा शनिबार ​निर्वाचनमार्फत् नै प्रतिनिधि छनोट हुने निश्चित देखिएको एमालेकै नेताहरू बताउँछन् ।

पार्टी केन्द्रमा देखिएको दुई पक्षीय छायाँ कोशी प्रदेशको प्रतिनिधि छनोटमा पनि स्पष्ट देखिएको छ ।

संस्थापन (अध्यक्ष ओली पक्ष) र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबीच अघोषित तर, ‘कडा टक्कर’ चलिरहेको नेताहरू बताउँछन् ।

यद्यपि, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रतिनिधि छनोटका लागि अन्तिम समयसम्म सर्वसम्मतिको प्रयास गरिने बताए ।

‘हामी शुक्रबार मध्यरातसम्म पनि सहमतिको प्रयासमा हुनेछौं,’ अध्यक्ष खतिवडाले भने, ‘सहमति नभएका स्थानमा लोकतान्त्रिक विधिअनुसार शनिबार निर्वाचनबाट प्रतिनिधि चुनिनेछन् ।’

यद्यपि, अध्यक्ष खतिवडाले दाबी गरेजस्तो सहमतिको वातावरण भने मैदानमा नदेखिएको नेताहरूको भनाइ छ ।

सोलूबाहेकका जिल्लामा भने प्यानलगत लडाइँ चलिरहेको छ । अधिवेशनका लागि भूगोलबाट २२९ जना, जिफन्ट (ट्रेड युनियन) बाट ७ जना र प्रदेश कमिटीबाट ५ जना गरी करिब २४१ प्रतिनिधि सहभागी हुनेछन् ।

सबैभन्दा पेचिलो भिडन्त अध्यक्ष ओलीको गृहजिल्ला झापा र पूर्वराष्ट्रपति भण्डारीको गृहजिल्ला मोरङमा देखिएको छ ।

मोरङबाट ४६ प्रतिनिधि चयनका लागि १४५ जनाले उम्मेदवारी दर्ता गराएको एमाले मोरङका उपाध्यक्ष सागर थापाले जानकारी दिए ।

मोरङमा २१ खुला, १५ महिला, ३ दलित र ७ युवा प्रतिनिधिका लागि १४५ जनाले उम्मेदवारी दिएका हुन् ।

कोशीमा ईश्वर पोखरेलको समूहबाट सचिव योगेश भट्टराई र नेता विनोद ढकालले मोर्चाबन्दी कसेका छन् भने संस्थापन (ओली) पक्षबाट स्थायी कमिटी सदस्य शेरधन राई, हिकमत कार्की र उपाध्यक्ष गुरु बरालले कमाण्ड सम्हालिरहेका छन् ।

धनकुटामा देखिएको दृश्यले एमालेभित्रको गुटबन्दीलाई थप उजागर गरेको छ ।

त्यहाँ कोशी प्रदेशसभा सदस्यसमेत रहेका एमाले नेता इन्द्रमणि पराजुली र अर्का नेता राजेन्द्र राईको नेतृत्वमा अलग–अलग प्यानल बनेका छन् ।

यद्यपि, दुवै नेताले आफूलाई ‘केपी ओलीको खास मान्छे’ दाबी गर्दै प्रचार गरिरहेका छन् । तर, नेता पराजुली ईश्वर पोखरेल निकट मानिन्छन् भने राई संस्थापनका हुन् ।

प्यानल बनाएरै अघि बढे पनि मिलाउने प्रयास भइरहेको नेता पराजुलीले दाबी गरे । यस्तै अवस्था तेह्रथुममा पनि छ ।

जिल्ला अधिवेशनमा संस्थापन इतर पोखरेल समूहले वर्चस्व जमाएको तेह्रथुममा प्रतिनिधि छनोटमा पनि सोही समूह हाबी हुन खोजेको छ ।

विशेषतः मोरङ, इलाम, तेह्रथुम, धनकुटा र उदयपुरमा संस्थापन पक्ष (ओली पक्ष) तुलनात्मक रूपमा कमजोर रहेको र विपक्षी गठबन्धन बलियो बन्दै गएको चर्चा चले पनि प्रदेश अध्यक्ष खतिवडा यसलाई अस्वीकार गर्छन् ।

‘हिजोका जिल्ला अधिवेशनका नतिजाले केही संकेत गरेको होला । तर, आजको अवस्था त्यस्तो छैन,’ खतिवडाले भने, ‘एमाले कोशीमा एकढिक्का र बलियो छ ।

यो खुला लडाइँ हो, जसलाई कार्यकर्ताले रुचाउँछन्, उही प्रतिनिधि बनेर आउँछ ।’

महाधिवेशनको मिति नजिकिएसँगै यतिबेला कोशीका गाउँ–गाउँमा एमाले कार्यकर्ताहरू प्रतिनिधि बन्न र आफ्नो पक्षको नेतृत्व स्थापित गर्न दौडधुपमा व्यस्त छन् ।

शनिबार हुने चुनाव केवल प्रतिनिधि छनोट मात्र नभएर आगामी महाधिवेशन र नेतृत्वको शक्ति परीक्षणको ‘मिनी ब्याटल’ सावित हुँदैछ ।

केन्द्रमा अध्यक्ष ओली तेस्रो कार्यकाल नेतृत्वमा आउने तयारीमा छन् । उनलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनौती दिने घोषणा गरिसकेका छन् ।

एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुँदैछ ।

Page Views: 32
संबन्धित शिर्षकहरु
२०८२ अन्तिम दिन घट्यो सेयर बजार
गृहमन्त्री गुरुङसँग ‘सम्हालिनसक्नु’ सम्पत्ति, भन्छन्- गरिब भएर जन्मिनु गल्ती होइन,
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
ताजा अपडेट
  • २०८२ अन्तिम दिन घट्यो सेयर बजार
  • गृहमन्त्री गुरुङसँग ‘सम्हालिनसक्नु’ सम्पत्ति, भन्छन्- गरिब भएर जन्मिनु गल्ती होइन,
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
  • दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama