Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सदस्यता रोकिएर महाधिवेशनमा सहभागी हुन नपाए पनि साथ यथावत छ : पूर्वराष्ट्रपति भण्डारी

- shuvadmin / बिहिबार, मङि्सर १२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालमार्फत विशेष सन्देश जारी गर्दै पार्टी परिवारका सबै सदस्यलाई शुभकामना दिएकी छन्।

उनले विद्यमान राजनीतिक जटिलताबीच पनि महाधिवेशनले पार्टीलाई अग्रगतिको दिशामा मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्दै यसलाई राष्ट्रिय सरोकारको विषयसमेत बताइन्।

भण्डारीले महाधिवेशनलाई नीति, विचार र नेतृत्व निर्माणमार्फत सामाजिक(आर्थिक रूपान्तरणतर्फ पार्टीलाई अघि बढाउने ऐतिहासिक अवसरका रूपमा चित्रण गरिन्।

विशेष परिस्थितिका कारण निर्धारित मितिभन्दा एक वर्षअघि नै भइरहेको महाधिवेशनमा वैचारिक रूपमा परिपक्व नेतृत्व, अनुशासित युवा पुस्ता र विविध क्षेत्रको सन्तुलित सहभागिता सुनिश्चित हुनुपर्नेमा उनले जोड दिइन्।

सन्देशमा उनले आफूले दुई वर्षअघि नै विधानसम्मत तरिकाले सदस्यता नवीकरण गरिसके पनि नेतृत्वले अनुचित रूपमा नवीकरण प्रक्रिया रोकेकाले महाधिवेशनमा भौतिक उपस्थिति जनाउन नसक्ने उल्लेख गरेकी छन्।

तथापि, पार्टी परिवारको अभिन्न सदस्यका रूपमा आफ्ना साथ, भावना र प्रतिबद्धता निरन्तर रहने उनले स्पष्ट पारिन्।

देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा–आकांक्षाको केन्द्र रहेको नेकपा (एमाले) को महाधिवेशन पूर्ण सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दै भण्डारीले पार्टीलाई नयाँ उत्साह, ऊर्जा र जिम्मेवारीका साथ अघि बढाउन आग्रह गरेकी छन्।

Page Views: 30
संबन्धित शिर्षकहरु
विमानस्थल दैनिक सात घण्टा बन्द हुने
एक दर्जन देशकाे श्रम स्वीकृति खुला
हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama