Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आक्रमणको प्रयासपछि महेश बस्नेतको प्रतिक्रिया– ‘अराजकता स्वीकार्य हुँदैन’

- shuvadmin / आइतबार, मङि्सर ०८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विराटनगर, नेकपा एमालेको नेता महेश बस्नेतले आफूमाथि आक्रमणको प्रयासको घटना गम्भीर र निन्दनीय रहेको बताएका छन् ।

आइतबार बिहान पूर्वमन्त्री समेत बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको थियो ।

नेता बस्नेतले आफूमाथि आक्रमणको प्रयास गम्भीर र निन्दनीय रहेको बताए । लोकतन्त्रमा विरोधको मर्यादा हुने बताउँदै उनले शान्तिपूर्ण रुपमा आवतजावत गर्न पाउनु नैसर्गिक अधिकार रहेको बताए ।

यसैगरी प्रहरीको तादरुकताका कारण आफूमाथि अप्रिय घटना घट्न नपाएको भन्दै प्रहरीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

‘विराटनगर विमानस्थलमा हामीमाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ।

शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन

प्रहरीको तत्परताप्रति धन्यवाद । हिंसा होइन(विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ । अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन,’ उनले भनेका छन् ।

त्यस्तै केही व्यक्तिहरुको बाधाकाबीच अहिले युवासंघको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ शुरु हुन लागेको बताए ।

साथै उर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको अभियानले देशभर प्रेरणा फैलाउने समेत बताए ।

Page Views: 26
संबन्धित शिर्षकहरु
चट्याङ लागेर एक युवकको मृत्यु
काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama