नेपाल-भारत संयुक्त प्राविधिक बैठकः तीन ठूला अन्तरदेशीय प्रसारण लाइन बनाउन सहमति

काठमाण्डू, नेपाल र भारतबीच तीन ठूला अन्तरदेशिय प्रसारण लाइन बनाउन सहमति भएको छ।

चमेलिया–जौलजिवी २२० केभी डबल सर्किट प्रसारण लाइन, निजगढ -मोतीहारी ४०० केभी डबल सर्किट र लमही(लखनउ ४०० केभी लाइन बनाउने सहमति भएको हो।

नेपाल भारत सहसचिवस्तरिय संयुक्त प्राविधिक टोलीको पोखरामा सम्पन्न १७ औं बैठले तीन नयाँ प्रसारण लाइन र चारवटाको क्षमता विस्तार र सञ्चालन गर्ने विषयमा सहमति भएको हो।

नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सहअध्यक्षतामा भएको बैठकले यस्तो सहमति गरेको हो।

जसअनुसार चमेलिया–जौलजिवी २२० केभी डबल सर्किट प्रसारण लाइनको नेपाल र भारतले आआफ्नो तर्फको तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेको र संयुक्त प्राविधिक टोलिले दुवै देशको संयुक्त प्राविधिक टोलीले आउँदो नोभेम्बर २०२५ भित्र तयार गर्ने सहमति भएको छ।

दुवै देशबीच उक्त प्रशारण लाइन २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने गरी कार्य अगाडी बढाउने सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ।

बैठकले निजगढ मोतीहारी ४०० केभी डबल सर्किट लाइनको डीपीआर तयारीको लागि नेपालले आवश्यक प्राविधिक विवरण एक महिनाभित्र उपलब्ध गराउने र संयुक्त प्राविधिक टोलीले दुवै देशको संयुक्त तयार पार्ने निर्णय गरेको छ।

यसैगरी लमही लखनउ ४०० केभी प्रसारण लाइनको नेपालतर्फको टर्मिनेशन बिन्दू लमही वा कोहलपुरसम्बन्धी अन्तिम अध्ययन संयुक्त रूपमा गरी डीपीआर तयार गर्ने भएको छ।

इनरुवा-पूर्णिया र लम्की-बरेली ४०० केभी लाइन बनाउन दिल्लीमा हस्ताक्षर

यस बाहेक नयाँ बुटवल गोरखपुर ४०० केभी लाइनलाई अस्थायी रूपमा २२० केभीमा सञ्चालन गर्ने व्यवस्था मिलाउने भएको छ।

उक्त प्रसारण लाइनमार्फत विद्युत आयात निर्यात क्षमताको सम्बन्धमा उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग थप बैठक १५ दिनभित्र गर्ने सहमति भएको छ।

ढल्केवर मुजफ्फरपुर तथा ढल्केवर सीतामढी लाइनमार्फत विद्युत आदान प्रदान क्षमताको पुनर्मूल्यांकन भएको छ।

जसअनुसार नेपालबाट १५ सय मेगावाटसम्म विद्युत निर्यात र १४ सय मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको छ।

ढल्केवर मुजफ्फरपुर ४०० केभी लाइनको रिकन्डक्टरिगमा उच्च तापक्रम सहनसक्ने एचटीएलएस प्रविधि अपनाउने विषयमा डीपीआर तयारी अघि बढाउन अध्ययन हुने भएको छ।

रक्सौल परवानीपुर र रामनगर गण्डक १३२ केभी लाइनहरूको क्षमता अभिवृद्धि गर्न यी लाइनहरूको कन्डक्टर एचटीएलएस कन्डक्टरले प्रतिस्थापन गर्न संयुक्त रुपमा अध्ययन गर्ने सहमति भएको छ।

गत साता दुई देशबीच नेपाल र भारतबीच इनरूवा९पूर्णिया र लम्की (दोदोधारा)बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *