Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

- shuvadmin / सोमबार, बैशाख ३१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विराटनगर, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने भएका छन् ।

उनले आज बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन् ।

कोशी प्रदेश सभामा ९३ सांसदमध्ये बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै दलका सांसदले उनलाई विश्वासको मत दिने देखिएको छ भने जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि विश्वासको मत दिने बताएकी छन् ।

कांग्रेसले भने प्रदेशसभाको बैठक बहिष्कार गर्ने जनाएको छ । त्यसबारे छलफल गर्न आज बिहान कांंग्रेस प्रदेशसभा संसदीय दलको बैठक बस्दैछ ।

आइतबार कार्यसूची तयार गर्न बसेको बैठकमा कांग्रेसले कोशी सरकारबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिन नहुने निष्कर्ष निकालेको थियो ।

राप्रपाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा निर्णय गरिसकेको छैन ।

कार्की यही २७ वैशाखमा तेस्रोपटक मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै तात्कालीन मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सो रिटमा अदालतले निर्णय दिइसकेको छैन् ।

Page Views: 22
संबन्धित शिर्षकहरु
चट्याङ लागेर एक युवकको मृत्यु
काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama