Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ

- shuvadmin / सोमबार, असोज २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई आइतबार राजधानीबाट पक्राउ गरेको पुष्टि गरेको छ ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘पूर्वसभामुख कृष्णबहादुर महरालाई भन्सार ऐन, २०६४ र संगठित अपराध कसुरअन्तर्गत अनुसन्धानका लागि पक्राउ गरिएको छ ।’

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरालाई सोही प्रकरणमा बयानका लागि बोलाएर सोधपुछ गरेको थियो ।

सोही बयानपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

२०७९ पुस १० गते फ्लाइ दुबई एयरलाइन्सको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ नागरिकले दुईवटा सुटकेसमा ७३ वटा बट्टामा ७ सय ३० थान इलेक्ट्रोनिक सिगरेट ९भेप० ल्याएका थिए ।

ती भेपको प्रत्येक बट्टाभित्र सुन लुकाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो ।

उक्त सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको गोदाममा राखिएको थियो ।

सो सुन ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपियाँ बराबरको रहेको प्रहरीले दाबी गरेको छ ।

सीआईबीका अनुसार भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा रेवन्त खड्कालगायत केही कर्मचारीको जिम्मामा रहेका ती सामान पछि बेचबिखन गरी आपराधिक लाभ लिइएको प्रमाण फेला परेको छ ।

प्रहरी अनुसन्धानका क्रममा महरा र उक्त सुन तस्करीमा संलग्न व्यक्तिहरूबीच निरन्तर सम्पर्क, कल डिटेल र भेटघाट भएको प्रमाण फेला परेको बताइन्छ । त्यसकै आधारमा प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो ।

प्रहरीका अनुसार महराले भन्सार कार्यालय र गोदाममा राखिएका सामान ‘सामान्य इलेक्ट्रोनिक भेप हुन्, छोड्न मिल्छ’ भन्ने दबाब दिएको भन्ने प्रारम्भिक बयान अन्य आरोपितहरूले दिएका छन् ।

सोही प्रकरणमा यसअघि महराका छोरा राहुल महरासमेतको नाम चर्चामा आएको थियो ।

सीआईबीले गत वर्ष राहुलसहित तीन जनाविरुद्ध मुद्दा दायर गर्न सिफारिस गरेको थियो ।

तर, त्यसबेला राजनीतिक दबाबका कारण प्रत्यक्ष मुद्दा दायर हुन सकेको थिएन ।

पछिल्लो समय नयाँ तथ्य उजागर भएपछि महरा स्वयम् अनुसन्धानको घेरामा तानिएका हुन् ।

यस प्रकरणमा रेवन्त खड्का, नायब सुब्बा, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, चिनियाँ नागरिक वाङ दाओजिन सामान ल्याउने मुख्य व्यक्ति, स्थानीय दलालहरू, जसले भेपभित्र लुकाइएको सुन बेच्न सहयोग गरेको आरोप लागेको छ ।

कृष्णबहादुर महरा र उनका निकट व्यक्ति, जसले भन्सारबाट सामान निकाल्न प्रभाव प्रयोग गरेको भनिएको छ ।

प्रहरीले यी सबैलाई संगठित अपराध समूहको रूपमा लिई अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

महराको पक्राउले राजनीतिक वृत्तमा पनि तरंग ल्याएको छ । माओवादीभित्रै पनि यस घटनाप्रति असहजता देखिएको छ ।

केही नेताहरूले यो घटनालाई राजनीतिक प्रतिशोध भनेर व्याख्या गरेका छन् भने अर्का समूहले न्यायिक अनुसन्धानमा कोही पनि माथि होइन भन्ने धारणा राखेका छन् ।

पूर्वसभामुख महरा माओवादी आन्दोलनका पुराना नेता हुन् । उनी २०७५ मा सभामुख रहेका बेला बलात्कार प्रयास प्रकरणमा पनि विवादमा तानिएका थिए, तर पछि अदालतबाट सफाइ पाएका थिए ।

प्रहरीले उनलाई हाल चार दिनको म्याद लिएर थुनामा राखी अनुसन्धान अघि बढाइरहेको छ ।

अनुसन्धानपछि पर्याप्त प्रमाण फेला परेमा सुन तस्करी तथा संगठित अपराधअन्तर्गत महरामाथि सजाय माग गरी मुद्दा दायर गरिने प्रहरीको भनाइ छ ।

अहिले प्रहरीले महरासँगै अन्य संलग्न व्यक्तिहरूको बैंक कारोबार, सम्पत्ति विवरण र सम्पर्क नेटवर्क पनि जाँचिरहेको छ ।

त्रिभुवन विमानस्थल हुँदै भेपभित्र सुन तस्करीको घटना राज्य संयन्त्रकै संवेदनशील तहमा देखिएको संगठित अपराधको उदाहरण बनेको छ ।

यो घटनाले नेपालको भन्सार, सुरक्षा निकाय र राजनीतिक पहुँचबीचको सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको छ ।

Page Views: 45
संबन्धित शिर्षकहरु
चट्याङ लागेर एक युवकको मृत्यु
काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama