Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एमालेको मंसिर अन्तिम साता महाधिवेशन, संसद् पुनः स्थापनाको माग गर्दै अदालत जाने निर्णय

- shuvadmin / सोमबार, असोज २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा एमालेले पार्टीको महाधिवेशन आगामी मंसिरमा गर्ने र प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै विघटनविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ ।

साथै हालको गतिविधिलाई प्रतिगमनको संज्ञा दिँदै एमालेले प्रतिगमनविरुद्ध एकजुट हुने निर्णय गरेको छ ।

तीन दिनदेखि जारी भइ आइतबार राति सकिएको एमाले पदाधिकारी बैठकले यी विषय पार्टीको केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता ज्ञवालीले यही २९, ३० र ३१ गते हुने केन्द्रीय कमिटी बैठकमा यी एजेन्डा लैजाने निर्णय भएको बताए ।

उनले सरकार असंवैधानिक तरिकाले बनेको र चुनावको कुनै वातावरण नभएको निष्कर्ष निकालिएको जानकारी दिए ।

‘सरकार चुनाव गराउने बाटोमा छैन, सरकार चुनावका लागि तयारी नै छैन । प्रहरी चौकी लुट्नेहरूलाई कारबाही भएन, जेल तोडेर कैदीहरू बाहिर बसेका छन् ।

चौकीहरू पुनःस्थापना भएको छैन, कसरी चुनाव हुनसक्छ रु’, ज्ञवालीले भन्नुभयो– ‘केन्द्रीय बैठक २९, ३० र ३१ गते बस्नेछ, त्यसमा हामीले लगेका एजेन्डामा छलफल हुनेछ ।

चुनावको पूर्वतयारी नै भएको छैन, दलहरूलाई धम्काएर निर्वाचन कसरी हुन्छ रु निर्वाचनको आत्मा मरिरहेको छ कसरी हुन्छ चुनाव रु’

नेता ज्ञवालीले संसद् पुनःस्थापनाबाट नै अहिलेको समस्याको निकास दिने बताए । पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागबारे अनावश्यक विषय बाहिर आएको दाबी उनको थियो ।

यससम्बन्धी आवश्यक निर्णय आगामी महाधिवेशनले गर्ने ज्ञवालीले स्पष्ट पारे । उनले भने, ‘मिडिया मोनुपुलेट भयो, दुई दिनमा कित्ताकाटका धेरै कुरा आए तर त्यसो होइन ।

नेतृत्वको विषयमा छलफल भएको हो, मन माझामाझ भएको हो, सबैले खुलेर कुरा गर्नुभएको छ, जीवन्त छलफल भएको छ, हामी महाधिवेशनमा जान्छौँ, प्रतिगमनविरुद्धको साझा निचोड आएको छ ।’

मंसिरको अन्तिम साता पार्टीको महाधिवेशन गर्ने तथा मिति र स्थान भने केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने ज्ञवालीले बताए ।

Page Views: 29
संबन्धित शिर्षकहरु
चट्याङ लागेर एक युवकको मृत्यु
काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama