Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘वरिष्ठ बलराम’मा समृद्धि अर्याल

- shuvadmin / आइतबार, असोज २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नायिका समृद्धि अर्यालले आफू चलचित्र ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन् ।

आफ्नो उपस्थिति महत्वपूर्ण स्थान र समयमा हुने उनले बताएकी छन् ।

“म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,” समृद्धि भन्छिन्, “दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका गर्न पाएकी छु ।”

विजय बरालको अपोजिटमा रहेर काम गरेकी उनले सिनेमामा विजयको जोनमा नै रहेर काम गर्ने प्रयास गरेको उनले बताएकी छन् ।

“विजय बराल र दयाहाङ राई दुवै जना अग्रज र अब्बल अभिनय गर्ने कलाकार, बोली पनि त्यस्तै राम्रो, त्यसैले च्यालेन्ज त पक्कै थियो,” उनी भन्छिन्, “केरा लागि यो चलतित्र सिक्ने मौका बन्यो ।”

सुरुमा सिनेमाका लागि अफर आउँदा को कलाकार छ भन्दा दयाहाङ र विजय भनेर सुन्दा काम गर्न सक्छु र भन्ने भएको तर पछि यो काम सिक्ने मौका पनि हो भन्ने सोचर स्वीकार गरेको उनको भनाइ छ ।

पहिलो चलचित्र ‘फर्की फर्की’मा काम गर्दा धेरै नयाँ कलाकार भएकाले काम गर्न सहज भएपनि ‘वरिष्ठ बलराम’मा भने अग्रज अभिनयमा पारंगत कलाकार भएकाले संकोच र सिकाई दुवै भएको उनले बताइन् ।

यद्यपि, चलचित्रमा आफू शो पिस मात्रै नरहेको उनको दाबी छ । दुई अग्रज र अब्बल कलाकारको बीचमा आफ्नो पनि राम्रो रोल रहेको उनको भनाइ छ ।

“बलरामको क्यारेक्टरको जर्नीमा हेल्प गर्ने इम्प्याक्टफुल क्यारेक्टर छ,” समृद्धि अगाडि थप्छिन् ।

आफ्नो सिने करियरको यात्रामा ‘वरिष्ठ बलराम’को क्यारेक्टर’ले सहयोग गर्ने उनको भनाइ छ ।

कुशुमको क्यारेक्टरमा देखिने उनले भनिन्, “यो क्यारेक्टर भोलि कति लोकप्रिय हुन्छ, त्यो त थाहा छैन । तर, दर्शकले सम्झिने खालको छ भन्ने लाग्छ ।”

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुनेछ । ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।

‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।

कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

Page Views: 33
संबन्धित शिर्षकहरु
रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama