Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा टुंगो लगाउन आज पनि पदाधिकारी बैठक बस्दै

- shuvadmin / शनिबार, असोज २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज (शनिबार) पनि बस्ने भएको छ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने यस बैठकले आगामी असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेन्डालाई अन्तिम रूप दिनेछ।

सह-महामन्त्री महालक्ष्मी उपाध्यायका अनुसार बिहीबार र शुक्रबार बसेको बैठकमा मुख्य गरी तीनवटा एजेन्डामा छलफल भएको थियो।

बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको मात्रै बैठक बसेको थियो भने शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत बोलाइएको थियो।

अहिलेसम्म धारणा राख्ने नेताहरूले केन्द्रीय समिति बैठकका लागि निम्न तीन विषयलाई एजेन्डा बनाउन सुझाव दिएका छन् ।

पार्टी अधिवेशनः शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल मंसिरमा सकिँदैछ।

अधिकांश नेताहरूले वर्तमान कार्यसमितिको म्याद थप नगरी मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन्।

सरकारले घोषणा गरेको निर्वाचन: सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन पनि केन्द्रीय समिति बैठकको एजेन्डा बन्नेछ।

जेन-जी आन्दोलनको जडः गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको मूल कारण के हो भन्ने विषयमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुने लगभग निश्चित भएको छ।

पार्टीमा अहिले नियमित र विशेष महाधिवेशनको विषयमा बहस भइरहेको सन्दर्भमा आजको बैठकले केन्द्रीय समितिका एजेन्डाहरूलाई औपचारिक टुंगो लगाएर सार्वजनिक गर्नेछ।

Page Views: 38
संबन्धित शिर्षकहरु
चट्याङ लागेर एक युवकको मृत्यु
काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama