Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

झण्डै ६५ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, नेपालबाट विदेशीले लगे साढे ९ अर्ब लाभांश

- shuvadmin / शुक्रबार, साउन ०३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, झण्डै ६५ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, लाभांशबाट विदेशीले लगे साढे ९ अर्ब

सरकारले आर्थिक वर्ष २०८१र०८२ मा झण्डै ६५ अर्ब रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता पाएको छ।

उद्योग विभागका अनुसार ०८१ साउनदेखि ०८२ असारसम्म कुल ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार ४ सय रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त गरेको हो।

यस्तो प्रतिबद्धता अटोमेटिक र अप्रुभल रुटबाट प्राप्त भएको हो। यसअनुसार अटोमेटिक रुटबाट विदेशी लगानीकर्ताहरुले ४ अर्ब ६१ करोड २६ लाख ६७ हजार र अप्रुभल रुटबाट ६० अर्ब ३५ करोड २४ लाख ७६ हजार ४ सय रुपैयाँको लगानी प्रतिबद्धता गरेका छन्।

उक्त लगानी प्रतिबद्धताअनुसार भित्रिए नेपालमा १९ हजार ५ सय ३६ रोजगारी सिर्जना हुनेछ।

गत महिना असारमा मात्रै ४ अर्ब ३५ करोड ४७ लाख रुपैयाँबराबरको आएको छ। असारको प्रतिबद्धताअनुसार लगानी भित्रिँदा ३ हजार १११ रोजगारी सिर्जना हुने उद्योग विभागले जनाएको छ।

विभागका अनुसार प्रस्तावित प्रतिबद्धता ८२४ साना उद्योग, १० वटा मध्यम र ६ वटा ठूला उद्योग खोल्नका लागि आएको हो।

यसअनुसार सबैभन्दा बढी लगानी प्रतिबद्धता सूचना प्रविधि क्षेत्रमा आएको छ। सूचना प्रविधिमा लगानीकर्ताहरुले ३८२ उद्योगका लागि गरेका छन्।

त्यसैगरी उत्पादनमा ५५ वटा, ऊर्जामा १, कृषिमा १२, पर्यटनमा ३०४, सेवा क्षेत्रमा ८४ र पूर्वाधारमा २ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

अघिल्लो वर्ष असारको तुलनामा गत वर्ष असारमा लगानी प्रतिबद्धता घटेको हो। अघिल्लो वर्ष १८ अर्बको प्रतिबद्धता आएकोमा गत वर्ष असारमा ४ अर्बको मात्र प्रतिबद्धता आएको हो।

त्यसैगरी अघिल्लो वर्ष २ हजार २२९ वटा व्यावसायिक भिसा सिफारिस गरेको विभागले गत वर्ष २ हजार २८५ वटा सिफारिस गरेको छ।

यो भिसा विदेशी लगानीकर्ताका लागि सिफारिस गरिन्छ। उनीहरुको प्रतिनिधिका लागि गत वर्ष ४०८ वटा र उनीहरुको परिवारको लागि ९१५ वटा भिसा सिफारिस गरेको विभागले जनाएको छ।

गत वर्ष नेपालमा लगानी गरेबापत विदेशी लगानीकर्ताहरुले १ अर्ब ८४ करोड ३३ लाख ४३ हजार ४ सय ७० रुपैयाँ रोयल्टीबापत लगेका छन्।

यसरी अमेरिकी डलरमा ९९ लाख ६८ हजार ४२३ नेपालबाट बाहिरिँदा ८७ करोड ३५ लाख १६ हजार ७ सय ४९ भारतीय रुपैयाँ र ६१ हजार ४३१ युरो बाहिरिएको विभागले जनाएको छ।

लाभांशमार्फत विदेशी लगानीकर्ताले गत वर्ष मात्रै ९ अर्ब ६१ करोड ७० लाख २ हजार ९७९ रुपैयाँ नेपालबाट लगेका छन्।

अघिल्लो वर्ष नेपालबाट १० अर्ब १८ करोड ७६ लाख ३९ हजार ९५१ रुपैयाँ बाहिरिएको थियो।

Page Views: 25
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama