Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आईपीएलको हाई स्कोरिङ खेलमा मुम्बईमाथि बेंगलुरुको रोमाञ्चक जीत

- shuvadmin / मङ्गलबार, चैत २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरुले तेस्रो जीत निकालेको छ ।

सोमबार मुम्बई इन्डियन्सलाई १२ रनले हराउँदै बेंगलुरुले तेस्रो जीत निकालेको हो ।

बेंगलुरुले दिएको २२२ रनको बलियो लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २०९ रन मात्र बनायो ।

तिलक वर्माले २९ बलमा ५६ तथा कप्तान हार्दिक पान्ड्याले १५ बलमा ४२ रनको आक्रामक पारी खेल्दै शानदार साझेदारी बनाएपनि पर्याप्त हुन सकेन ।

१२औं ओभरमा ९९-४ को अवस्थामा रहेको मुम्बईका लागि तिलक र हार्दिक मिलेर पाँचौं विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए ।

अन्तिम २ ओभरमा २८ रन आवश्यक रहँदा हार्दिक क्याचआउट भए भने त्यसपछि अन्तिम ओभरमा २० रन आवश्यक रहँदा बलिङमा आएका क्रुनालले त्यस ओभरमा ३ विकेट लिँदै जीत पक्का गरे ।

बेंगलुरुका लागि क्रुनालले ४ ओभरमा ४५ रन दिएर ४ विकेट लिए । जोश हेजलवूड र यश दयालले २-२ तथा भुवनेश्वर कुमारले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले २० ओभरमा ५ विकेट गुमाएर २२१ रन बनाएको थियो ।

विराट कोहलीले ६७ तथा कप्तान रजत पाटिदारले ६४ रन बनाएका थिए ।

आक्रामक ब्याटिङ गर्दै १९ बलमा ४० रन बनाएका जितेश शर्मा नटआउट रहे । देवदत पडिक्कलले ३७ रन बनाए ।

मुम्बईका कप्तान हार्दिक पान्ड्या र ट्रेन्ट बोल्टले २-२ विकेट लिँदा विग्नेश पुथुरले १ विकेट लिए ।

यस जितसँगै ४ खेलमा ६ अंक जोडेको बेंगलुरु अंकतालिकामा तेस्रो स्थानमा रहेको छ भने ५ खेलमा २ अंक मात्र रहेको मुम्बई आठौं स्थानमा छ ।

Page Views: 30
संबन्धित शिर्षकहरु
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
नेपाल महिला टी-२० विश्‍वकप छनोटमा समूह चरणबाटै बाहिरियो
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama